समाज


‘दुःखकष्ट बिर्साउने’ नारच्याङ ताल

‘दुःखकष्ट बिर्साउने’ नारच्याङ ताल

सन्तोष गौतम
कात्तिक १३, २०७६ बुधबार ५:१,

अन्नपूर्ण, फ्रेन्क, तिलिचो र निलगिरि हिमालको फेदीमा गोलो आकारको ताल छ। जसको नाम हो– पञ्चकुण्ड नारच्याङ ताल। जहाँ हिमालको छाया हेर्न सकिन्छ। धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ।

वरपर सुक्खा र उजाड पहाड छ। अन्नपूर्ण गाउँपालिका–४ अन्नपूर्ण आधार शिविरस्थित पञ्चकुण्ड नारच्याङ तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ।

पूर्वाधार र प्रचारप्रसार अभावका कारण यो ताल ओझेलमा परेको नारच्याङका डिलबहादुर गर्बुजाले बताए।

समुद्री सतहदेखि ४ हजार १०० मिटर उचाइमा अवस्थित पञ्चकुण्ड नारच्याङ ताल करिब १ किलोमिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको छ।

अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी जम्मा भएर प्राकृतिक हिमताल बनेको यो ताल बनेको वर्षाैं भए पनि यसको खासै चर्चा हुन सकेको छैन। हालै अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका पोखराकी तानी थापाले तालको सौन्दर्य अत्यन्त आकर्षक भएको बताइन्।

‘ताल र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट बिर्सिंएँ,’ उनले सुनाइन्, ‘यहाँको प्राकृतिक सौन्दर्यबारे वर्णन गरिसाध्य छैन।’

भौगोलिक विकटताका कारण तालसम्म पुग्न व्यवस्थित पदमार्गको अभाव छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हु नसकेको छैन। न्यून मात्रामा भक्तजन र पर्यटक पुग्ने गरेका नारच्याङका चन्द्रजित पुनले बतायन्।

‘यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल छन्,’ उनले सुनाइन्, ‘यो तालको धार्मिक महत्वबारे धार्मिक ग्रन्थ पञ्चरामायणमा उल्लेख छ।’

परापूर्वकालमा कागभुसिन्दा नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालको बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए। पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ ।

ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बासमेत निर्माण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .