राजनीति


प्रधानमन्त्री ओली अस्वस्थ, ग्रान्डी अस्पताल लगियो

प्रधानमन्त्री ओली अस्वस्थ, ग्रान्डी अस्पताल लगियो

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार ५:५७,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पताल लगिएको छ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

‘उहाँ नियमित स्वास्थ्य जाँचका क्रममा ग्रान्डी जानुभएको हो,’ नेपालखबरसँग अर्यालले भने, ‘स्वास्थ्य परीक्षणपछि उहाँ आजै फर्किनुहुनेछ।’

अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल जाने गरेका थिए। 

१३ वर्षअघि मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको बेलाबेला स्वास्थ्य जाँच गर्ने गरिएकाे छ।

दुई महिना अघि सिंगापुरमा प्रधानमन्त्री ओलीले उपचार गराएका थिए।

प्लाज्माफेरेसिस माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरी गत भदौ २० गते त्यहाँबाट फर्किएका ओलीको नेपालमा पनि नियमित फलोअप भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार अहिलेको शारीरिक गडबडी भने सामान्य हाे। 
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .