समाज


गुल्मीमा खोलाले जीप बगायो

गुल्मीमा खोलाले जीप बगायो

नेपालखबर
कात्तिक १, २०७८ सोमबार २०:७, काठमाडौँ

गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा खोलाले जिप बगाएको छ।

सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु१ज ३४३२ नम्बरको यात्रुवाहक जिप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

अपराह्न दिउँसो २ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जिप रोकिएपछि यात्रुहरु तत्कालै जिपबाट झरेका थिए।

जिपमा सवार नौ जना यात्रु जिपबाट झरेलगत्तैे ठाडो खोलामा माथिबाट आएको पानीको बहावले जिपलाई बगाएर बढीघाट खोलामा पु¥याई बेपत्ता बनाएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिएका छन्।

दुई दिनदेखिको लगातार वर्षाका कारण डहरे खोलाले बगाएको उक्त जिप बाढीले नजिकै रहेको बढीघाट खोलामा पुर्याएपछि यात्रुहरुले हेर्दाहेर्दै जिप खोलाको भेलसँगै बेपत्ता बनेको थियो।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली घटना स्थलमा पुगे पनि खोलाले बगाएको उक्त सवारी साधन अझै फेला पर्न सकेको छैन।

अविरल वर्षाका कारण सोमबार बिहानदेखि अवरुद्ध बनेको रिडी–रुद्रवेणी सडक भने स्थानीय पालिकाको पहलमा केहीबेर अघि सञ्चालनमा आएको अध्यक्ष ढकालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad