ad ad

समाज


पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ जिल्लामा यातायात ठप्प

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ जिल्लामा यातायात ठप्प

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १०:३, काठमाडौँ

कैलालीको भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। स्थानीय भासु भीरमा पहिरो जाँदा गएरातिदेखि नै राजमार्ग अवरुद्ध भएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार आइतबार साँझदेखि परेको वर्षाका कारण यो सडकको ठाउँठाउँमा पहिरो खसेको हो।

पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ। 

गोदावरी नगरपालिकाको डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेको एसपी गौतमले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .