क्रुज ड्रग्स पार्टी काण्डका अभियुक्त आर्यन खान अझै केही दिन जेलमै रहनुपर्ने भएको छ। आर्यन बलिउड अभिनेता शाहरुख खानका छोरा हुन्। उनी अहिले मुम्बईस्थित आर्थर रोड जेलमा छन्।
बिहीबार मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनलगायत अभियुक्तबारे सुनुवाइ गरे पनि निर्णय नसुनाएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले अब आउने २० तारिखका दिन निर्णय सुनाउने भनेको छ। तसर्थ उनी त्यस दिनसम्म जेलमै बस्नुपर्ने भएकाे हाे।
आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुन धमिचा पनि अक्टाेबर २० सम्म जेलमै बस्नुपर्नेछ।
त्यस दिन अदालतले उनीहरु धरौटीमा रिहा हुने वा नहुने निर्णय सुनाउने बताइएको छ।
यी पनि :
जेलमा शाहरुख पुत्र आर्यनको अवस्था नाजुक, ४ दिनदेखि बिस्कुटको भरमा
शाहरुख खानका छोरा आर्यनले स्वीकार गर्दै भने : हो, म चरेस खान्छु!
छोरा आर्यन पक्राउको असर : बाइजुसले रोक्यो अभिनेता शाहरुख खानका सबै विज्ञापन
Shares
प्रतिक्रिया