ad ad

कला


छोरा आर्यन पक्राउको असर : बाइजुसले रोक्यो अभिनेता शाहरुख खानका सबै विज्ञापन

छोरा आर्यन पक्राउको असर : बाइजुसले रोक्यो अभिनेता शाहरुख खानका सबै विज्ञापन

नेपालखबर
असोज २३, २०७८ शनिबार १४:५१, काठमाडौँ

लागुऔषध अभियोगमा छोरा आर्यन खान पक्राउ परेको असर अभिनेता शाहरुख खानको पेसामा पर्न थालेको छ।

लर्निङ एप BYJU'S (बाइजुस) ले बलिउड अभिनेता शाहरुखका सबै विज्ञापनमा रोक लगाएको हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार यति मात्र होइन, शाहरुखका प्रि–बुकिङ एड पनि रिलिज गरिरहेको छैन।  

साहरुख खानको प्रायोजन सम्झौतामा बाइजुस सबैभन्दा ठूलो ब्रान्ड थियो। यो ब्रान्ड इन्डोर्स गरेबापत शाहरुखले बर्सेनि ३ देखि ४ करोड रुपैयाँ (भारतीय) कमाउँथे। उनी सन् २०१७ देखि यो कम्पनीको ब्रान्ड एम्बेस्डर हुन्। 

यसबाहेक उनीसँग आईसीआईसीआई बैंक, रिलायन्स जिओ, एलजी, दुबई टुरिजम्, हुन्डाईजस्ता झन्डै ४० कम्पनीका इन्डोर्समेन्ट छन्। 

कम्पनीले किन त्यस्तो निर्णय गर्यो? 
आर्यन पक्राउ परेपछि सामाजिक सञ्जालमा शाहरुखविरुद्ध ट्रोलिङ सुरु भएको थियो। मानिसले ती ब्रान्डसलाई पनि टारगेट गर्न थाले, जसको विज्ञापन शाहरुख गरिरहेका छन्।

सामाजिक सञ्जालमा मानिसले बाइजुसलाई सोधिरहेका थिए– शाहरुख खानलाई ब्रान्ड एम्बेस्डर बनाइराखेर कम्पनीले के सन्देश दिइरहेको हो? अभिनेता शाहरुख आफ्ना छोरालाई यो सब सिकाउँछन्? 

याे पनि : ​शाहरुख खानका छोरा आर्यनले स्वीकार गर्दै भने : हो, म चरेस खान्छु!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .