अर्घाखाँचीको ठाडा अमराई जुकेना जलुके सडकखण्डको पोखडाँडा पिपलको बोट नजिकै सोमबार दिउँसो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
अमराईबाट यात्रु बोकेर शिबाहदह जाँदै गरेको लु२ख ६६१ नम्बरको बसको ब्रेकको पाइप एक्कासी फुटेपछि बस अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाका सहि सालिकराम खनालको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्दार गरि घइतेहरूलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए।
सामान्य प्राथमिक उपचारपछि गम्भीर प्रकृतिका ५ जना घइतेलाई थप उपचारका लागि अन्चल अस्पताल बुटवलमा रिफर गरिएको छ। अन्य घइतेहरूको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
घाइते हुनेहरूमा अर्घाखाँची सिनपा १३ का ४ वर्षीय अशोक परियार, सिनपा ६ जुकेनाका ३१ वर्षीय माधवराज भुसाल, सिनपा ७ जुवाकोटका ४६ वर्षीय उमा लामिछाने, सिनपा ५ जुकेनाका ३० वर्षीय हिमराज पौडेल, सिनपा ६ दाङसिङका २० वर्षीय खिमा परियार, सिनपा ४ ओखलढुंगाका ३२ वर्षीय अनिता थापा, सिनपा ५ चाकलढुङगाका २८ वर्षीय दिपकराज पौडेल, सिनपा ७ जुकेनाका ४ वर्षीय बालक सुवास महत र सिनपा ६ खमारीबासका ३२ वर्षीय सुमित्रा भाट क्षेत्री रहेका छन्।
यसै गरि कपिलवस्तु सिवराज नगरपालिका ४ चनौटाका ६२ वर्षीय रूमकला पौडेल, सिवराज नगरपालिका ३ खैरेनीपुर कपिलवस्तुका ६२ वर्षीय तोयनारायण बन्जाडे, शिवराज ३ कै ३१ वर्षीय हुमलाल पौडेल, ६० वर्षीय चुमकला बिक, ४ नम्बर कटुवाटोल कपिलवस्तुका ३० वर्षीय सीता थारू र रूपन्देही बुटवल उपमहानगरपालिकाका ३१ वर्षीय तुलाराम बन्जाडे घाइते भएका छन्।
घाइतेमध्ये उमा लामिछाने, हिमराज पौडेल, चुमकला बिक, सीता थारू र सिनपा ६ जुकेना दाङसिङका ४ वर्षीय श्रीधर नेपालीलाई थप उपचारका लागि अन्चल अस्पताल बुटवल पठाइएको छ।
बसको क्षमताभन्दा बढी यात्रु बोकेकाले ब्रेकको पाईप फुटेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा ४२ जना सवार रहेका थिए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सडकमै अनियन्त्रित भई बस पल्टिँदा अमराई जुकेना सडक अवरुद्ध भएको छ। सडक अवरुद्घ हुँदा दर्जनौं गाडि बिच बाटोमै अलपत्र परेका छन् भने मंगलबार भाइटीका लगाउन जाने आउने यात्रुहरूलाई आफ्नो गन्तव्यमा पुग्न निकै समस्या भएको छ।
- बिष्णु कुमार आले

प्रतिक्रिया