समाज


तीन आतंकवादी नेताः जो आफ्ना सन्तानसहित मारिए

तीन आतंकवादी नेताः जो आफ्ना सन्तानसहित मारिए

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार १०:१७,

शनिबार राति इस्लामिक स्टेटका नेता अबु बकर अल बग्दादी सिरियाली सहर इडलिबमा अमेरिकी कमान्डोको गोप्य कारबाहीमा मारिएका छन्। उनी पछिल्लो समयका ‘मोस्ट वान्टेड’ आतंकवादी नेता थिए। एउटा सुरुङभित्र अमेरिकी सेनाको ‘रेड’का क्रममा कुकुरले लखेट्ने क्रममा मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय मिडियालाई आइतबार जानकारी दिए।

सो क्रममा अमेरिकी सेनाका कमान्डोको टोलीले हेलिकप्टर र विमानहरु समेत प्रयोग गरी उनी बसेको स्थानमा आक्रमण गरेको ट्रम्पको भनाइ छ। मर्ने निश्चित भएपछि बग्दादी आफ्ना सन्तानसहित आफैँले पहिरिएको विस्फोटक पदार्थयुक्त भेष्ट विस्फोट गराएपछि मारिएका हुन्। उनी मारिएसँगै इस्लामिक स्टेटको सशस्त्र संघर्षलाई ठूलो धक्का लागिसकेको छ।

हुन त यसअघि इराक र सिरियाको ठूलो भूभाग नियन्त्रणमा लिएको इस्लामिक स्टेटविरुद्ध अमेरिका, सिरिया, रुस, सिरियन कुर्दिस समूहले ठूलो कारबाही गरेसँगै पछिल्लो समय यो समूह निष्प्रभावी र कमजोर बन्दै गएको थियो। तर मुख्य नेता नै मारिएपछि इस्लामिक स्टेटलाई ठूलो क्षति भएको विश्वास गरिएको मिडियाहरुले जनाएका छन्।

जो आफ्ना सन्तानसहित मारिए
विश्वमा चर्चा बटुलेका नामुद आतंकवादी संगठनका प्रमुखहरुको मृत्युमा एउटै समानता छ। त्यो समानता भनेको उनीहरुको मृत्युको प्रकृति। वर्षौँसम्म विद्रोह गर्दै आएका श्रीलंकाको लिबरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीई–लिट्टे), इस्लामिक आतंकवादी संगठन अलकायदा र इस्लामिक स्टेटका प्रमुख नेताको मृत्युको प्रकृति एउटै रह्यो– उनीहरु सबै आफ्ना सन्तानसँगै मारिए।

भेलुपिलाई प्रभाकरण (तमिल टाइगर्स)

velupillai prabhakaranमारिएपछि प्रभाकरण। तस्बिरः आउटलुक इन्डियाश्रीलंकाको तत्कालीन तमिल विद्रोही लिट्टे अर्थात् तमिल टाइगर्सले २५ वर्ष लामो सशस्त्र युद्ध छेडेको थियो। यही विद्रोही संगठनका नेतृत्वकर्ता थिए भेलुपिलाई प्रभाकरण। उनी सन् २००९ को मे १९ मा श्रीलंकाली सेनाको मूठभेडमा मारिएका थिए। उनी युद्धभूमिमै आफ्ना छोरा चार्ल्स एन्थोनीसँगै मारिएका थिए। अझ कतिपय मिडियाहरुले त तत्कालीन समयमा उनका श्रीमती र छोरीहरु पनि सोही घटनामा माारिएको बताएका थिए। उनको मृत्युसँगै तमिल विद्रोहीले सशस्त्र संघर्ष अन्त्य गरेको घोषणा गरेको थियो।

ओसामा बिन लादेन (अल कायदा)

osama bin
अहिलेसम्मकै खतरनाक आतंकवादी नेताको छवि कमाएका ओसामा बिन लादेनको पूरा नाम ओसामा बिन मोहम्मद बिन अवाद बिन लादेन अल हादरामी अल किन्डी हो। साउदी अरेबियामा जन्मिएका यी आतंकवादी नेता सन् २०११ को मे २ मा पाकिस्तानको एबोट्टाबादमा अमेरिकी कमान्डोले गरेको विशेष सैनिक अपरेसनमा मारिएका थिए।

इस्लामिक आतंकवादी संगठन अलकायदाका यी नेताले अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा ठूलो आतंकवादी आक्रमण गरेका थिए। अलकायदाले संगठित रुपमा सिरिजमा अमेरिकी ट्विन टावर (जुम्ल्याहा टावर)मा विमान अपहरण गरेर ठोक्काएको थियो।

त्यसैका मास्टरमाइन्डका रुपमा लादेनलाई चिनिन्छ। सो क्रममा करिब ३ हजार मानिस मारिनुका साथै ६ हजारभन्दा बढी मानिस घाइते भएका थिए। त्यस्तै आक्रमणकै कारण १० अर्ब डलरभन्दा बढीको क्षति अमेरिकाले व्यहोरेको थियो। तर त्यसको एक दशकपछि लादेन अमेरिकी सेनाको कारबाहीमा मारिएका थिए। अमेरिकी सेनाको ‘किल अर क्याप्चर’ मिसनका क्रममा दुई जना अंगरक्षक, एक महिला र एक छोरा पनि मारिएका थिए।

अबु बकर अल बग्दादी (इस्लामिक स्टेट)

abu al bakr
दुई दिनअघि मारिएका बग्दादी पछिल्लो समय उदाएको इस्लामिक स्टेटका प्रभावशाली आतंकवादी नेता हुन्। उनी युद्धकौशल भएका र चाँडै संगठित गर्नसक्ने क्षमता भएका मानिन्थे। उनमा सिरिया र इराकका भूभाग मिसाएर इस्लामिक राज्य स्थापना गर्ने महत्वाकांक्षा भए पनि त्यो सफल हुन पाएन।

सिरियाली सहर इडलिबको बारिशामा उनी आफ्ना सन्तानसँगै मारिएका हुन्। उनी आफ्ना तीन सन्तानलाई लिएर भाग्दाभाग्दै आत्मघाती विस्फोट गराएर मारिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .