पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज (बिहीबार) बिहान भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ।
पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार भूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ। भूकम्पपछि क्वेटा शहरमा मानिसहरु सडकमा निस्केका बीबीसीले जनाएको छ।
प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ। भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको मृत्यु भएको हो।
स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार घटनामा करिब ५० जना घाइते भएका छन्। तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।
12
Shares
प्रतिक्रिया