ad ad

राजनीति


कांग्रेस पदाधिकारी बैठक : रामचन्द्र पौडेलले प्रधानमन्त्रीसँग मागे तीन मन्त्रालय

कांग्रेस पदाधिकारी बैठक : रामचन्द्र पौडेलले प्रधानमन्त्रीसँग मागे तीन मन्त्रालय

नेपालखबर
असोज २०, २०७८ बुधबार १९:२०, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन मन्त्रालय मागेका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको पदाधिकारी बैठकमा उनले आफ्नो समूहलाई तीन मन्त्रालय दिनुपर्ने माग गरेका हुन्। 

जवाफमा प्रधानमन्त्री देउवाले पौडेल समूहलाई तीन मन्त्रालय दिन नसक्ने बताएका छन्। मागेअनुसार मन्त्रालय नपाइने भनेपछि पौडेल समूहका नेताहरु बालुवाटारबाट बाहिरिएका छन्।  

‘रामचन्द्र पौडेलले तीन मन्त्रालय माग्नुभयो। सभापतिले दिन सक्दिन भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘मन्त्रीबारे कुनै टुंगो नलाग्दै रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह बैठक छाडेर निस्किनु भयो।’

पाँच दलीय गठबन्धनमा रहेकामध्ये चार दलबीचमा मन्त्रालयको भागबण्डा टुंगिएपछि प्रधानमन्त्री देउवाले पार्टीमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका थिए।

यसअघि देउवाले पौडेल समूहका लागि दुई मन्त्रालय छुट्याएका थिए। पौडेल समूहले आफ्नो भागमा परेका मन्त्रालयबारे छलफलका लागि आफ्नो समूहको बैठक पनि राखेको थियो। 

पौडेल समूहबाट डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरीसहितका नेताहरु  मन्त्रीका दाबेदार देखिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .