दसैँ बिदामा घर जाने सैनिकलाई निःशुल्क यातायातको सुविधा हुने भएको छ। नेपाली सेनाले बस र आफ्नै स्काई ट्रकमा सैनिकहरुलाई घर पुर्याइदिने भएको हो।
कल्याणकारी सेवा सुविधा अन्तर्गत असोज १८ गतेबाट यस्तो सेवा सुरु गरेको नेपाली सेनाले जनाएको छ। असोज ३० गतेसम्म हवाइजहाज तथा बस सञ्चालन गर्ने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।
सडकको सुविधा भएका स्थानमा बसबाट र दुर्गम हिमाली तथा पहाडी जिल्लामा नजिकको विमानस्थलसम्म पुर्याइदिने भएको हो। अहिलेसम्म बसबाट ५२० जना र हवाइजहाज मार्फत ८६ जनालाई सेनाले गन्तव्यतर्फ पठाइसकेको जनाएको छ।
384
Shares

प्रतिक्रिया