ललितपुरमा आज (बुधबार)बाट १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ।
जिल्लाका १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको चिनियाँ भेरोसेल खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। भेरोसेलको पहिलो डोज लिनका लागि तोकिएका खेपकेन्द्रमा सम्पर्क गर्न पनि स्वास्थ्य कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ।
चाडपर्वको समयमा बढ्ने भिडभाडले कोभिड १९ को संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको स्वास्थ्य कार्यालय ललितपुरले जारी गरेको सूचनामा उल्लेख छ।
जनस्वास्थ्यको मापदण्ड पालना गरी स्थानीय तहले निर्धारण गरेका पायक पर्ने खोप केन्द्रमा गएर कोभिडविरुद्धको खोप लगाउनसमेत कार्यालयले आम नागरिकलाई आग्रह गरेको छ।

18
Shares

प्रतिक्रिया