समाज


प्रेमको नाटक गरेर सीमा कटाउन लागिएकी २२ वर्षीया युवतीको वीरगञ्जबाट उद्धार, भारतीय युवा पक्राउ

प्रेमको नाटक गरेर सीमा कटाउन लागिएकी २२ वर्षीया युवतीको वीरगञ्जबाट उद्धार, भारतीय युवा पक्राउ

नेपालखबर
असोज २०, २०७८ बुधबार ९:५९, काठमाडौँ

बेचबिखनको लागि भारत लैजाँदै गरेको आशंकामा प्रहरीले एक युवतीलाई पर्साको वीरगञ्ज नाकाबाट उद्धाार गरेको छ। 

एक भारतीय युवाले प्रेमको नाटक गरेर भारत लैजाँदै गरेको अवस्थामा नुवाकोट घर भएकी २२ वर्षीय युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सशस्त्र प्रहरी बल र आफन्त नेपालको संयुक्त टोलीले भारत जाँदै गर्दा वीरगजञ्ज नाकाबाट उनको उद्धार गरेको हो।

विवाह गर्नेसहितका विभिन्न प्रलोभनमा पारेर ती युवतीलाई भारततिर लैजाँदै गरेका एक भारतीय युवालाई पनि प्रहरीले पक्राउ गरेको छ। भारतको पूर्वी चम्पारणको भुलाही घर बताउने ३३ वर्षीय मुन्ना आलमलाई प्रहरीले पक्राउ गरेको हो। आलमविरुद्ध पर्सा जिल्ला अदालतमा  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए।

वीरगञ्ज महानगरपालिका–१७ अलौस्थित वैकल्पिक नाकाबाट ती युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा आलम पक्राउ परेका हुन्। युवती बुर्का लगाई कसैले  नचिन्ने गरी भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले रोकेको थियो। 

आलमले ती युवतीलाई बारा घर भएका २१ वर्षीय अरविन्द रामसँग मिलेर सीमा पार गराउने तयारी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आलमले आफू अविवाहित भएकाले विवाह गर्ने आश्वासन दिएर युवतीलाई झुटो प्रेमको नाटक गरेर बेचविखनको लागि भारत लैजान लागेको प्रहरीले जनाएको छ। 

उद्धार गरिएकी युवतीलाई प्रहरीले आफन्त नेपालको संरक्षणमा राखेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad