सप्तरीको तिलाठी गाउँपालिकामा अजिंगर फेला परेको छ।
शनिबार दिउँसो तीन बजे सप्तरी जिल्लाको तिलाठी गाउँपालिका–१ खरोखोलामा सात फिट लामो अजिंगर फेला परेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उक्त अजिंगरलाई नियन्त्रणमा लिई जिल्ला वन कार्यालयलाई सकुशल बुझाउको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सो अजिंगरको तौल १२ केजी रहेको छ।
3
Shares
प्रतिक्रिया