कला


लागुऔषध आरोपमा छोरा पक्राउ परेपछि अभिनेता शाहरुखको त्यो भनाइ भयो भाइरल

लागुऔषध आरोपमा छोरा पक्राउ परेपछि अभिनेता शाहरुखको त्यो भनाइ भयो भाइरल

नेपालखबर
असोज १८, २०७८ सोमबार ६:५२, काठमाडौँ

लागुऔषध प्रयोगको आरोपमा आफ्ना छोरा आर्यन खान पक्राउ परेपछि बलिउड अभिनेता शाहरुख खान यतिबेला उनको पुरानो भनाइका कारण ‘ट्रोल’ बनेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनले कुनै बेला एक कार्यक्रममा आफू आफ्नो छोरा बिग्रियोस्, लागुऔषध खाओस् भन्ने पक्षमा रहेको बताएका थिए। अहिले त्यही भनाइ सम्झेर मानिसहरूले उनको खिल्ली उडाइरहेका हुन्। 

शाहरुखले यसो भनेका थिए 
पत्नी गौरी खानका साथ सिमी गारेवलको च्याट सोमा पुगेका अभिनेता शाहरुख खानले भनेका थिए– म आफ्नो छोरालाई बिगार्न चाहन्छु। उनले भनेका थिए, ‘मैले आफ्नो छोरोलाई भनेको छु– जब तिमी ३ वर्षका हुन्छौं तब केटीको पछि लाग, जति सकिन्छ धूमपान गर। तिमी लागुऔषध खान सक्छौं र यौन सम्पर्क गर्न सक्छौ। तिमी एउटा खराब केटा बन र यदि तिमी असल केटाजस्तो देखियौ भने म तिमीलाई घरबाट निकालिदिन्छु।’

शाहरुखले त्यतिबेला रमाइलाका लागि यस्ताे भनेका किन नहुन्, आज उनको त्यो कुरा साँचो साबित भएपछि उनीविरुद्ध अहिले व्यापक टिप्पणी भइरहेको छ। ट्रोल गरिएको छ। 

छाेरा र पत्नीका साथ अभिनेता शाहरुख खान​

केटी आकर्षित होउन् भनेर राखेँ छोराको नाम आर्यन : शाहरुख
एक पुरानो अन्तर्वार्तामा शाहरुख खानले केटीहरू नाम सुन्नेबित्तिकै प्रभावित होउन् भनेर आफूले छोराको नाम आर्यन राखेको बताएका छन्। उनले भनेका छन्, ‘जब मेरो छोरो कुनै केटीसँग मेरो नाम आर्यन खान हो भन्छ, तब उनी प्रभावित हुनेछिन्।’ 

यी पनि :

लागुऔषध आरोपमा पक्राउ परेका शाहरुख खानका छोरा हिरासतमा​

अनि मध्यराति समुद्रबीचको त्यो जहाजबाट शाहरुखका छोरा पनि पक्राउ परे

मुम्बईमा जहाजभित्र ‘ड्रग पार्टी’ चलिरहेका बेला २ युवतीसहित ८ जना पक्राउ, शाहरुख खानका छोरा पनि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .