मुम्बईमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को टोलीले शनिबार अबेर राति एउटा क्रुज जहाजमा छापा मारेको छ।
जहाजभित्र ‘ड्रग पार्टी’ चलिरहेको पाइएको एनसीबीका अधिकारीले दाबी गरेका छन्।
प्रतिनिधिमूलक तस्बिर
यस क्रममा ८ जनलाई गिरफ्तार गरिएको छ। जसमा दुई जना युवती छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका व्यक्तिमध्ये एक जना बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पनि छन्। तर एनसीबीका अधिकारीले यो कुरा पुष्टि गरिसकेका छैनन्।
एनसीबीले दिएको जानकारीअनुसार कार्डेलिया क्रुज जहाजमा ड्रग पार्टी भइरहेको सूचना प्रहरीलाई प्राप्त भएका थियो। उक्त जहाज मुम्बईबाट गोवा जाँदै थियो र सोमबार फर्किनेवाला थियो।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार एनसीबीले जहाजमा छापा मार्दा ६ सय जना थिए। एनसीबी स्रोतका अनुसार शाहरुखका छोरा आर्यन पनि जहाजमा थिए, जहाँ ड्रग पार्टी चलिरहेको थियो। तर आर्यनले पनि ड्रग लिए कि लिएनन् भन्ने स्पष्ट भइसकेको छैन।
Shares
प्रतिक्रिया