ad ad

समाज


एकान्तकुनाबाट दुई विचौलिया ट्राफिक प्रहरीको नियन्त्रणमा

एकान्तकुनाबाट दुई विचौलिया ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपालखबर
असोज १७, २०७८ आइतबार १७:२९, काठमाडौँ

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१४, नख्खीपोट बस्ने वर्ष ३० का सुमन तामाङ र ललितपुर– १३, कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन्।

लिखित परिक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरि लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले बताए।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ।

पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .