नारायणहिटी राजदरबार संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास भएको छ।
प्रहरीले श्रीपेच चोर्ने प्रयास गरेका १ जनालाई पक्राउ गरेको छ।
रुकुम घर भएका काठमाडाैं म्हैपी बस्ने खिमबहादुर घर्तीले श्रीपेच राखिएको शोकेस फुटाएकाे संग्रहालयले जनाएकाे छ।
नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकभेषनारायण दाहालले नेपालखबरसँग भने, ‘२ बाई ३ को शाेकेस फुटायो। सेन्सर थियो। सेना नजिकै थियो। फुटाएपछि तुरुन्त समातिहाले। प्रहरीलाई बुझाएर अनुसन्धान भइरहेको छ। शाेकेसबाहेक श्रीपेचमा नोक्सानी केही पुगेको छैन।’
ती व्यक्तिविरुद्ध अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
84
Shares
प्रतिक्रिया