ad ad

समाज


११ पृष्ठ सुसाइड नोट लेखेर ‘आत्महत्या गरेका’ महन्तको यसरी गरियो अन्त्येष्टि

११ पृष्ठ सुसाइड नोट लेखेर ‘आत्महत्या गरेका’ महन्तको यसरी गरियो अन्त्येष्टि

महन्त नरेन्द्र गिरी अन्त्येष्टिका केही झलक।


नेपालखबर
असोज ६, २०७८ बुधबार १९:६, काठमाडौँ

‘आत्महत्या गरेका’ भारतीय महन्त नरेन्द्र गिरीको बुधबार बाघम्बरी मठ (उनकै मठ) मा भू-समाधि (अन्त्येष्टि) गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार अन्तिम संस्कार महन्त गिरीले आफ्नो सुसाइड नोटमा घोषणा गरेको उत्तराधिकारी बलवीरले गरेका हुन्। 

उनको अन्त्येष्टिमा एक/एक क्विन्टल फूल, दूध, पञ्च सुक्खा फल, घिउसहित १६ चिज समाधिमा राखिएको थियो। अन्तिम प्रक्रियामा केही बेर पर्दाले ढाकिएको थियो।

सञ्चारमाध्यमलाई टाढै राखिएको थियो। सन्तहरूले गोपनीयताका लागि यसो गरिएको बताएका छन्। 

यसअघि महन्त नरेन्द्र गिरीको पार्थिव शरीर स्वरूप रानी हस्पिटलमा ५ जना डाक्टर सम्मिलित टोलीले पोस्टमार्टम गरेको थियो। पोस्टमार्टमको रिपोर्ट बन्द खाममा मुख्यमन्त्रीकहाँ पठाइनेछ। प्रारम्भिक रिपोर्टले झुन्डिएर मरेको देखाएको छ।  

यसैबीच सुसाइड नोटमा महन्तले आफ्नो मृत्युमा दोषी आरोप लगाएका आनन्द गिरी र आद्या तिवारीलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ। 

यी पनि :

महन्त गिरीको सुसाइड नोट भेटियोः केटीसँगको भिडिओ भाइरल बनाउने धम्की आएपछि आत्महत्या गरेँ!

आफ्नै गुरु महन्त नरेन्द्र गिरीलाई ‘आत्महत्या गर्न बाध्य बनाउने’ आनन्द गिरी कस्ता व्यक्ति हुन्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .