ad ad

समाज


महन्त गिरीको सुसाइड नोट भेटियोः केटीसँगको भिडिओ भाइरल बनाउने धम्की आएपछि आत्महत्या गरेँ!

महन्त गिरीको सुसाइड नोट भेटियोः केटीसँगको भिडिओ भाइरल बनाउने धम्की आएपछि आत्महत्या गरेँ!

अखिल भारतीय अखाडा परिषदका अध्यक्ष महन्त नरेन्द्र गिरी र उनको भनिएको सुसाइड नोट। तस्बिर : दैनिक भास्कर।


नेपालखबर
असोज ५, २०७८ मंगलबार १९:२८, काठमाडौँ

अखिल भारतीय अखाडा परिषदका अध्यक्ष तथा निरञ्जनी अखाडाका सचिव महन्त नरेन्द्र गिरी (७०) काे मृत्यु रहस्यमय बन्दै गएको छ। यसैबीच उनका चेला आनन्द गिरीलाई यूपी प्रहरीले हरिद्वारबाट प्रयागराज ल्याएको छ। उनीसँग प्रहरीले बयान लिइरहेको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार प्रयागराजस्थित बाघम्बरी मठमा नरेन्द्र गिरीको शव शंकास्पद अवस्थामा झुन्डिएको भेटिएको थियो। साथमा सुसाइड नोट पनि फेला परेको थियो, जसमा उनकै शिष्य आनन्द गिरीको नाम पनि उल्लेख छ। 

यसैकारण उत्तराखण्ड प्रहरीले आनन्द गिरीलाई गिरफ्तार गरेको थियो। त्यसपछि यूपी प्रहरीको टोली पनि हरिद्वार पुगेको थियो। 

भारतीय पत्रिका दैनिक भास्करलाई प्राप्त सुसाइड नोटमा नरेन्द्र गिरीलाई उद्धृत गर्दै लेखिएको छ– एक महिलासँग जोडेर उनको भिडिओ भाइरल बनाइदिने धम्की दिइएको थियो। यसैकारण उनले यस्तो कदम चाल्नुपरेको हो। त्यस पत्रमा आनन्द गिरी, आद्या तिवारी र सन्दीप तिवारीको नाम उल्लेख छ। उनीहरूलाई आत्महत्याका लागि दोषी देखाइएको छ। प्रहरीले यी तीनै जनालाई हिरासतमा लिएको छ। 

के लेखिएको छ सुसाइड नोटमा? 
‘म नरेन्द्र गिरी, आज मेरो मन आनन्द गिरीका कारण निकै विचलित भएको छ। आनन्द गिरीले मेरो बदनाम गर्ने कोसिस गरिरहेका छन्। आज जब मैले थाहा पाएँ कि हरिद्वारबाट आनन्द गिरीले कम्यप्युटरका माध्यमबाट केटीको तस्बिर राखेर मेरो कुनै भिडिओ भाइरल बनाउँदैछन् भन्ने सूचना पाएँ, तब म सोचिरहेको छु कि म कहाँ जाऊँ, यदि यस्तो भयो भने त कसकसलाई वास्तविकता बताउँदै हिँडु? यसकारण म यो कदम चाल्दै छु। म जुन पदमा छु, यदि यो भिडओ भाइरल भयो भने त म जुन समाजमा बाँचिरहेको छु, कसरी मानिसका सामु मुख देखाऊँ? योभन्दा राम्रो, मैले मर्नु हो। यसबाट पीडित भएर म आत्महत्या गर्दै छु। मेरो मृत्युको दोषी आनन्द गिरी, आद्याप्रसाद तिवारी, सन्दीप तिवारी हुनेछन्। यिनीहरूविरुद्ध कारबाही होस्।’

उनले पत्रमा यही सेप्टेम्बर १३ तारिखका दिन पनि आफूले आत्महत्या गर्ने प्रयास गरेको तर आँट नपुगेको पनि लेखेका छन्। 

उनले पत्रमा अगाडि लेखेका छन्, ‘मेरो अन्तिम इच्छा– जसरी मैले यस गद्दीको गरिमा राखेको छु, म चाहन्छु, उसैगरी आउने नयाँ व्यक्तिले पनि यस गद्दी सम्हालोस्, गद्दीको ख्याल गरोस्।’

दैनिक भास्करले फेला पारेको सुसाइड नोट-

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .