समाज


आफ्नै गुरु महन्त नरेन्द्र गिरीलाई ‘आत्महत्या गर्न बाध्य बनाउने’ आनन्द गिरी कस्ता व्यक्ति हुन्?

आफ्नै गुरु महन्त नरेन्द्र गिरीलाई ‘आत्महत्या गर्न बाध्य बनाउने’ आनन्द गिरी कस्ता व्यक्ति हुन्?

आनन्द गिरी।


नेपालखबर
असोज ६, २०७८ बुधबार १६:३७, काठमाडौँ

अखिल भारतीय अखाडा परिषदका अध्यक्ष महन्त नरेन्द्र गिरीको रहस्यमय मृत्यु प्रकरणमा उनकै शिष्य आनन्द गिरीलाई प्रहरीले गिरफ्तार गरेको छ।

देश (भारत) भित्र आनन्द गिरी पक्राउ परेको यो नै पहिलोपटक हो तर यसअघि पनि सन् २०१९ मेमा उनी अस्ट्रेलियामा गिरफ्तार भएका थिए। 

अस्ट्रेलियाली प्रहरीले आनन्द गिरीलाई महिलालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको थियो। त्यसबेला उनले दुई महिलालाई पूजाका लागि बोलाएर आक्रमण गरेको आरोप थियो। 

आनन्द गिरीलाई सिड्नीमा गिरफ्तार गरिएको थियो। समाचार एजेन्सी पीटीआईको खबरअनुसार सिड्नी प्रहरीले आनन्द गिरीले दुई महिलालाई फरक-फरक बेला अभद्र व्यवहार गरेको बताएको थियो। 

उनको गिरफ्तारीसम्बन्धी कथा स्पेसल ब्रोडकास्ट सर्भिस अर्थात् एसबीएसले पनि प्रकाशन गरेको थियो। ६ हप्ताको आध्यात्मिक यात्रापछि उनी अस्ट्रेलियाबाट बाहिरिने योजनामा थिए। त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो। 

त्यसबेला अस्ट्रेलियामा न्यु साउथ वेल्स प्रहरीले बताएअनुसार आनन्द गिरी सन् २०१६ मा रुटी हिलस्थित एक घरमा हिन्दू पूजामा सहभागी भएका थिए र त्यहीँ २९ वर्षीया युवतीसँग उनको भेट भएको थियो। त्यही क्रममा उनले ती युवतीलाई सुत्ने कोठामा लगेर आक्रमण गरेको आरोप लागेको थियो। प्रहरीका अनुसार आनन्द गिरीले ती युवतीलाई बेड रुममा लगेर अभद्र व्यवहार गरेका थिए। 

साथै सन् २०१८ मा पनि उनलाई यस्तै अर्काे आरोप लागेको थियो। यो घटना पनि रुटी हिल भन्ने ठाउँमै भएको हो। त्यहाँ पनि आनन्द गिरी पूजामै सहभागी हुन पुगेका थिए र ३४ वर्षकी एक महिलासँग उनले अभद्र व्यवहार गरेका थिए। 

त्यसबेला पनि प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यस वर्ष जुन २६ का दिन उनलाई एक स्थानीय अदालतमा पेस गरिएको थियो। प्रहरीका अनुसार दुवै उजुरीकर्ता ‘योगी’का परिचित व्यक्ति थिए। आनन्द गिरीले भारतसहित धेरै देशमा आध्यात्मिक र योग प्रशिक्षण दिन्थे। त्यसबेला आनन्द गिरी योगतन्त्रमा पीएचडी गरिहेका थिए। 

सन् २०१९ सेप्टेम्बर ११ मा अखाडा परिषदका राष्ट्रिय अध्यक्ष महन्त नरेन्द्र गिरीले अस्ट्रेलियामा आनन्द गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको पुष्टि गरेका थिए। त्यतिबेला नरेन्द्र गिरीले आनन्द गिरीविरुद्ध लगाइएको आरोप निराधार भएको बताएका थिए। ​​

उसबेला नरेन्द्र गिरीले भनेका थिए, ‘सिड्नी प्रहरीले अनुसन्धानपछि अदालतमा आनन्द गिरीविरुद्धको आरोप झुटा भएको बताएको छ। प्रहरीको अनुसन्धानपछि अदालतले आनन्द गिरीलाई रिहा गराएको छ र जफत गरिएका उनको पासपोर्ट पनि फिर्ता दिएको छ।’ बीबीसी​

यो पनि : ​महन्त गिरीको सुसाइड नोट भेटियोः केटीसँगको भिडिओ भाइरल बनाउने धम्की आएपछि आत्महत्या गरेँ!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .