ad ad

समाज


१५ सय ११ जना कोरोना संक्रमण, १६ सय ८९ जना निको भए

१५ सय ११ जना कोरोना संक्रमण, १६ सय ८९ जना निको भए

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १७:४६, काठमाडौँ

पछिल्लो २४ घण्टामा एक हजार पाँच ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार १५ हजार एक सय ७९ नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा संक्रमण पुष्टि भएको हो। 

नेपालमा संक्रमणको दर १९ दशमलव २ प्रतिशत पुगेको छ।  सक्रिय संक्रमित २५ हजार सात सय ७२ जना छन्। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १० र दुईभन्दा बढी संक्रमित हुने जिल्ला २२ पुगेका छन्। 

यस्तै संक्रमणबाट निको भई पछिल्लो २४ घण्टा एक हजार ६ सय ८९ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख ४५ हजार दुई सय १५ कोरोनामुक्त भई घर फर्किएका छन्। नेपालमा संक्रमणमुक्त हुने  दर ९५ दशमलव ३ प्रतिशत  छ। 

यस्तै संक्रमणबाट विगत २४ घण्टामा ११ जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ।  नेपालमा प्रति दश लाखमा तीन सय ७० जनाको संक्रमणको कारणले निधन हुने गरेको छ। 

यस्तै चार सय सातजना सघन उपचार कक्ष (आईसीयू), एक सय २८ जना भेन्टिलेटर, २४ हजार दुई सय २२ जना होम आइसोलेसन, एक हजार पाँच सय ५०जना संस्थागत आइसोलेसन र दुई सय २० जना क्वारेन्टिनमा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .