समाज


सहारा पत्रकारिता पुरस्कार दीपकलाई

सहारा पत्रकारिता पुरस्कार दीपकलाई

पोखराको सहारा क्लबले वर्षेनी दिँदै आएको ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’बाट पत्रकार दीपक परियार सम्मानित भएका छन्। 

क्लबले आफ्नो २३ औं वार्षिकोत्सव तथा १२औं अधिवेशनको अवसरमा बुधबार परियारलाई पुरस्कार अर्पण गर्‍यो। गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले नगद २० हजार ५ सय ५५ रुपियाँ, सम्मानपत्र र दोसल्लाबाट दीपकलाई सम्मानित गरे  दीपक कान्तिपुर दैनिकसँग आवद्ध छन्।

क्लबले यस वर्षको उत्कृष्ट सहारा सदस्यको सम्मान रामप्रसाद हिराचनलाई प्रदान गर्‍यो।  

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले क्लबलाई आउँदो आहा रारा गोल्डकपको लागि अनुबन्ध गरिने २ जना विदेशी खेलाडीको खर्च प्रदेश सरकारले दिने घोषणा गरे। उनले नेपाली खेलाडीको फिनिसिङ राम्रो नभएकाले विदेशी खेलाडी ल्याउनुपर्ने उनको भनाइ थियो।

भदौ ३०, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .