समाज


महरालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

महरालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ४:७,

आफ्नै बलात्कार प्रयासको आरोप लगेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज (बिहीबार) पुनः अदालत पेस गरिँदै छ।

बलात्कार प्रयासको थप अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गर्न माग गर्दै प्रहरीले महरालाई जिल्ला अदालत काठमाडौं लाने तयारी गरेको हो।

२८ असोजमा अदालतले महरालाई ३ दिनको लागि म्याद थप गरेको थियो। त्यसपछि दसैँ बिदाका कारण अदालत बन्द भएकाले प्रहरीले १० दिनसम्म महरालाई अदालत उपस्थित गराएको थिएन।

पछिल्लो पटक गएको आइतबार अदालतले महरालाई थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरेको थियो।

पाँच दिनको म्याद सकिएकाले आज पुनः म्याद थप गर्न लागिएको हो।

संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरीले महरालाई १९ असोजमा पक्राउ गरेको थियो।

बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन्। महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad