ad ad

समाज


वडाध्यक्षले अनियमितता गरेको भन्दै वडा कार्यालयमा तालबन्दी

वडाध्यक्षले अनियमितता गरेको भन्दै वडा कार्यालयमा तालबन्दी

शैलेन्द्र महतो
भदौ ३०, २०७८ बुधबार १४:४६, जनकपुरधाम

 


वडाध्यक्षले व्यापक भ्रष्टाचार गरेको भन्दै धनुषाको धनौजी गाउँपालिकाको वडा नंं ३ झोझीकटैया वडा कार्यालयमा वडासदस्यसहित स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्। 

वडाध्यक्ष रामदुलार मण्डलले व्यापक आर्थिक अनियमितता गरेको आरोपमा चार जना वडासदस्यसहितले बुधबार  प्रदर्शन गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।  

वडा सदस्यहरु रामकुमार महतो, रामखेलावन पासवान, समाना खातुन र जीतोदेवी मण्डल सहितका स्थानीय बासिन्दाले तालाबन्दी गर्दै वडाध्ययक्ष मण्डलमाथि छानबिन तथा कारवाहीको माग गरेका छन्। 

वडाध्यक्ष मण्डलले धेरै शीर्षकको काम नै नगरेर भुक्तानी लिइ भ्रष्टाचार गरेको वडा सदस्यहरुको आरोप छ। 

विपन्नका लागि कम्बल वितरणमा  १२ लाख, सिलाई मेसिनमा ३ लाख, झोझी टोल सडक निर्माणमा ४४ लाख मध्ये १० लाख, आँखा उपचार केन्द्रका लागि औषधि, मेशिन वापत १४ लाख, आयुर्वेद औषधालयको १८ लाख, दुर्गा मन्दिरको निर्माणमा ५ लाख लगायत विभिन्न शीर्षकको काममा वडाध्यक्ष मण्डलले व्यापक अनियमितता गरेको वडासदस्यसहित स्थानीयले आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .