अन्नपूर्ण आधार शिविरको पदयात्रामा निस्केका एकजना पर्यटकको कास्कीको अन्नपूर्ण गाँउपालिका–११, देउराली बेसक्याम्प नजिकै मृत्यु भएको छ।
अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पोखरा महानगरपालिका–५,पस्र्याङका १८ वर्षीय सञ्जय खनालको सो ठाउँमा भएको बगरमा हिउँको चट्टान फुटेर खसेको पहिरोले पुरिएर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। बुधबार बिहान पौन १२ बजेतिर भएको घटनामा परि पस्र्याङकै १८ वर्षीय निरन्जन कोईराला र पोखरा फूलबारीका २० वर्षीय सन्तोष बास्तोला घाइते भएका छन्। उनीहरुको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको छ।
घाईतेहरुलाई तत्कालै हेलिकप्टरद्वारा उद्धार गरिएको भए पनि शव भने ल्याउन नसकिएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। यतिबेला अन्नपूर्ण क्षेत्रको मौसम बिग्रेको छ। घटनास्थल कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट १९ घण्टाको पैदल दूरीमा रहेको छ।
Shares
प्रतिक्रिया