समाज


आज कता कता कस्तो वर्षा होला?

आज कता कता कस्तो वर्षा होला?

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०७८ आइतबार ६:३१, काठमाडौँ

हाल (आइतबार बिहान) मौसम देशभर सामान्यदेखि पूर्णसम्म बदली छ। 

साथै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानमा  हल्कादेखि मध्यमसम्म वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (दिनमा) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, बागमती, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .