समाज


त्रिभुवन विश्वविद्यालयमा श्रम शिक्षाको पनि अध्यापन हुने

त्रिभुवन विश्वविद्यालयमा श्रम शिक्षाको पनि अध्यापन हुने

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार १२:९,

त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धी कोर्ष पनि अध्यापन गराउने भएको छ।

सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा सो विश्वविद्यालय अन्तरगतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धी छुट्टै कोर्षको अध्यापन आगामी शैक्षिक सत्रबाट सुरु हुने भएको हो। सोमबार जिफन्टले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सो विश्वविद्यालयका प्राध्यापक केशवप्रसाद अधिकारीले श्रमिकहरुलाई दक्ष बनाउन तथा उनीहरुलाई सम्मानका साथ स्वदेशमै रोजगारीको अवसर सृजना गर्न श्रम शिक्षा सम्बन्धी छुट्टै कोर्ष आगामी शैक्षिक सत्रबाट अध्यापन गराउने तयारी गरिएको जानकारी दिए।

उनले त्यसका लागि विश्वविद्यालयले छुट्टै विभाग र पाठ्यक्रमको पनि निर्माण गरिसकेको बताए। उनले पाठ्यक्रममा नेपाली श्रमिकहरुको अवस्था, उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि गर्नुपर्ने पहल लगायतका विषयबस्तुहरु समावेश गरिएको पनि स्पष्ट पारे।

कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरुका लागि सम्मानजनक ढंगले रोजगारीको व्यवस्थापन गर्न विश्वविद्यालयको स्नाकोत्तर तहमा पनि श्रमिक शिक्षा सम्बन्धी छुट्टै अध्यापन गर्न पहल गरिएको बताए। उनले सो विश्वविद्यालयबाट प्राप्त हुने जनशक्ति मुलुकका लागि र सबै श्रमिक संगठनहरुको लागि पनि उपयोगी हुने विश्वास पनि व्यक्त गरे।

जिफन्टले श्रमिकहरुको दक्षता वृद्धिका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म छुट्टै श्रमिक शिक्षा अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad