ad ad

समाज


कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु

कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार १२:६,

अंगोलाको सीमा क्षेत्रीय कङ्गोली शहर लुफुतर्फबाट आइरहेको सो बस किन्सासा नजिकै दुर्घटनामा परेको थियो। राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

बसको ब्रेक फेल भएका कारण उत्पन्न समस्याबाट यो दुर्घटना हुन पुगेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।

दुर्घटनामा परेको सो बस सीमावर्ती शहर अंगोलाको लुफुबाट राष्ट्रिय राजमार्ग नम्बर १ किन्सासातर्फ जाँदै गरेको र आइतबार मध्यरात करिब १ बजे दुर्घटनामा परेको थियो।

बस म्बान्जा नगन्गुु गाउँनजिकै सडकमा आई दुर्घटनामा परेको र त्यसमा आगलागि समेत भएको थियो। सो बसमा यात्रुहरुका अतिरिक्त इन्धन र मदिरा समेत रहेको अधिकारीहरुको भनाई छ।

बसमा भार बढी भएकोले दुर्घटनामा परेको र उक्त बसमा इन्धन तथा मदिरासमेत रहेकाले आगो लागेको उक्त क्षेत्रका प्रहरी अधिकारीहरुको भनाई छ। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .