प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सवारी दुर्घटना गराएर फरार एक कसुरदारलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको साविक झुले गाविस–६ घर भएका वा १ च ८६१० नंको पिकअप भ्यानका धनी तथा चालक वर्ष ३४ को अशोक कार्की रहेका छन्। कार्कीलाई सुनसरी जिल्ला अदालतबाट ५ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
उनलाई आइतबार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरी आज काठमाडौं जिल्ला अदालत मार्फत केन्द्रीय कारागार सुन्धारा चलान गरिएको सीआईबीले जनाएको छ।
प्रतिक्रिया