समाज


एक हजार ९२० जना कोरोना संक्रमित थपिए, २४ को मृत्यु

एक हजार ९२० जना कोरोना संक्रमित थपिए, २४ को मृत्यु

नेपालखबर
भदौ ६, २०७८ आइतबार १७:११, काठमाडौँ

पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा थप नौ हजार ४४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। जसमा पीसीआर विधिबाट एक हजार ७०२ तथा एन्टिजेनबाट २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४८ संक्रमित निको भएका छन्। हालसम्म छ लाख ९८ हजार १७३ जना कोरोनाबाट मुक्त भएका छन्। निको हुने दर ९३ दशमलव चार प्रतिशत रहेको छ। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ७५१ रहेको छ।

बितेका २४ घण्टमा देशभर १८ हजार ३२२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर ६८१ संक्रमितको सघन उपचारकक्षमा तथा १६९ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

थप २४ संक्रमितको मृत्यु    
पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ। 

उपत्यकामा मात्र ५६६ संक्रमित थपिए
काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ संक्रमित थपिएका छन्। काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

काठमाडौँमा हाल सक्रिय संक्रमितको संख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad