काठमाडौंमा आइतबार पनि कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम जारी रहेको छ।
शुक्रबारदेखि ४० वर्ष माथिका र परीक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परीक्षार्थीहरूलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप अस्ट्राजेनिका लगाउन सुरु गरिएको थियो।
आइतबार पनि विद्यार्थीहरु तथा ४० वर्ष माथिका व्यक्तिहरु खोप लगाउनका लागि लामवद्ध भएका छन्।
शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका खोप केन्द्रका साथै राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र सञ्चालन गरिएको छ। खोप लगाएर मात्रै परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई दबाब बढेसँगै शुक्रबारदेखि विद्यार्थीहरूका लागि खोप उपलब्ध गराइएको हो।
Shares

प्रतिक्रिया