ad ad

समाज


रसुवामा मध्यराति पहिरोले घर पुरिँदा चारजना बेपत्ता

रसुवामा मध्यराति पहिरोले घर पुरिँदा चारजना बेपत्ता

नेपालखबर
भदौ ३, २०७८ बिहिबार ८:४८, काठमाडौँ

रसुवाको नौकुण्ड गाउँपालिकामा ​गएराति पहिरोले घर पुरिँदा चारजना बेपत्ता भएका छन्। 

माथिबाट आएको पहिरोले घर पुरिँदा दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा चारजना बेपत्ता भएका प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगै गएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्याम घलानको घर पुरिएको हो। 

पहिरोमा परेर परिवारका चारजना बेपत्ता भएका प्रहरीले जनाएको छ। उनीहरुको नाम खुल्न बाँकी छ। घरमुली घलान भने घाइते अवस्थामा भेटिएका छन्। उनलाई उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ। 

सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर टाढा ठूलोभोर्ले र धुसेनी गाउँकोबीचमा पहिरो गएको हो। 

पहिरोमा बेपत्ताको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .