ad ad

समाज


चोरेर बाछी काटेको अभियोग, तीनजना पक्राउ

चोरेर बाछी काटेको अभियोग, तीनजना पक्राउ

नेपालखबर
भदौ २, २०७८ बुधबार ७:४९, काठमाडौँ

गोठबाट गाईको बाछी चोरेर काटेको अभियोगमा बागलुङबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन्।

पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीको गोठमा बाँधेको क्रस गाईको बाछी चोरेर उनीहरुले काटेका प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

बाछी चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनीहरुको खोजी गरेको थियो। खोजतलासका क्रममा अधिकारीको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर काटिरहेको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रवउ पोखरेलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .