ad ad

खेल


डर्टमुन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपरकप

डर्टमुन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपरकप

नेपालखबर
भदौ २, २०७८ बुधबार ७:३२, काठमाडौँ

बोरुसिया डर्टमुन्डलाई हराउँदै जर्मन सुपरकप बायर्न म्युनिकले जितेको छ। 

मंगलबार भएको खेलमा रोबर्ट लेवनडोस्कीको २ गोलमा बायर्नले डर्टमुन्डलाई ३–१ ले हराएको हो। 

जर्मन फुटबलका दुई ठूला क्लबीचको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो। 

पहिलो हाफमा लेवनडोस्की र थोमस मुलरले एक एक गोल गरेका थिए। 

डर्टमुन्डका कप्तान मार्को रुएसले एक गोल फर्काएपछि लेवनडोस्कीले दोस्रो गोल थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .