समाज


खातामा रकम नभएको चेक दिएर साढे १५ लाख ठगी

खातामा रकम नभएको चेक दिएर साढे १५ लाख ठगी

नेपालखबर
साउन २४, २०७८ आइतबार १५:५, काठमाडौँ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दाका एक दोषीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पाँचथरको साविक कुरुम्बा गाविस–६ परिवर्तित मिक्लाजुङ गाउँपालिका–५ घर भई काठमाडौंको गोंगबु बस्ने ४२ वर्षीय चिरायु खालिङ छन्। 

खालिङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक काटी दिई ठगी गरेको  प्रहरीले जनाएको छ। 

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी गत २०७७ फागुन १० गते ६ दिन कैद र १५ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो । 

महालक्ष्मीस्थानबाट पक्राउ परेका खालिङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad