खेल


युट्युबबाट ‘टेक्निक’ सिकेका निरजले ओलम्पिकमा भारतलाई दिलाए १३ वर्षयताकै पहिलो स्वर्णपदक

युट्युबबाट ‘टेक्निक’ सिकेका निरजले ओलम्पिकमा भारतलाई दिलाए १३ वर्षयताकै पहिलो स्वर्णपदक

नेपालखबर
साउन २४, २०७८ आइतबार १४:३५, काठमाडौँ

टोक्यो ओलम्पिक २०२० को एथ्लेटिक्सअन्तर्गतको ‘ज्याभलिङ थ्रो’मा भारतका निरज चोपडाले पहिलो स्वर्णपदक जितेका छन्। 

शनिबार भएको फाइनलमा निरजले ७.५ मिटरको थ्रोसहित पहिलो स्वर्ण जित्न सफल भएका हुन्। व्यक्तिगत स्पर्धामा भारतले दोस्रो स्वर्ण जितेको हो। 

योसँगै भारतले सन् २००८ पछि बल्ल स्वर्णपदक जितेको हो। २००८ मा चीनको बेइजिङ ओलम्पिकमा सुटिङका अभिनव विन्द्राले स्वर्ण दिलाएका थिए। हालसम्म ओलम्पिकमा १० स्वर्ण जितेको भारतलाई हक्की खेलले ८ पटक स्वर्णपदक दिलाएको थियो।  

टोक्यो ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण दिलाउने क्रममा २३ वर्षीय निरजले आफ्नो व्यक्तिगत प्रदर्शनमा समेत सुधार गरे। सन् २०१४ मा भएको प्रदर्शनमा उनले ७० मिटर र २०१५ मा ८० मिटर थ्रो गर्न सफल भएका थिए। 

लगातार व्यक्तिगत प्रदर्शन सुधार गर्दै गएका उनले २०१६ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाएका थिए। 

पोल्यान्डमा भएको २० वर्षमुनिको च्याम्पियनसिपमा निरजले ६.४ मिटर थ्रोसहित गोल्ड मेडल जितेका थिए। 

सन् २०१८ मा भएको एशियन गेम्स्मा उनले गोल्ड मेडल जितेका थिए।  

निरजले चेक रिपब्लिकका खेलाडी जान जेलेज्नीको भिडियो यु–ट्युबमा हेर्दै ज्याभलिङ थ्रो सिकेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार निरजले आफ्नो करियरको सुरुवाती दिनमा यु–ट्युब हेर्दै टेक्निक सिक्ने र आफूलाई त्यहीअनुसार ढाल्ने प्रयास गर्थे। 

सन् २०१८ मा चोटका कारण निरजले आफ्नो टेक्निक र एक्सन बदल्न परेको थियो।  

भारतले जारी ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेको छ। 

इतिहासकै उत्कृृष्ट प्रदर्शन गरेको भारतले एक स्वर्णसहित २ रजत र ४ कास्य पदक जितेको छ। यसअघि लन्डन ओलम्पिकमा भारतले २ रजत र ४ कास्य पदक जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad