नाइजेरियाको सबैभन्दा बढी जनसंख्या भएको टापु शहर लेगोस यतिबेला बाढीको चपेटामा परेको छ।
अहिले नाइजेरियामा वर्षाको मौसम छ। यहाँ हरेक वर्ष घरहरु डुबानमा पर्ने गरेका छन्।
यसवर्ष भने असामान्य रुपमा बाढी आएको र घर डुबानमा पर्नुका साथै बाढीले धनजनको ठूलो क्षति पुगेको बताइएको छ।
लेगोसमा २ करोड ४० लाख मानिस बसोबास गर्दछन्। पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण समुद्रको सतह बढेका कारण यहाँ सामान्य वर्षा हुँदा पनि ठूलो बाढी आउने गरेको बताइएको छ।
यस्तै अनियन्त्रित रुपमा भवनहरु निर्माण भइराख्नु र जल निकासी प्रणाली अव्यवस्थित हुनुले पनि यहाँको जमिन भाँसिन थालेकाले समुद्रको सतह बढेको बताइन्छ।

यो कार्य जारी रहे निकट भविष्यमै लेगोस शहर अस्तित्वमा नरहने वैज्ञानिकहरुले चेतावनी दिएका छन्।
पछिल्लो समय सार्वजनिक भएको तस्बिरहरुमा लेगोसमा सयौं घरहरु तथा कारहरु डुबानमा परेको देखिएको छ।
यसअघि इन्डोनेसियाको राजधानी जकार्तामा पनि यही समस्या देखिएको थियो। पानी आपूर्तिको लागि धेरै जमिन खनिएपछि टापु शहर जकार्ताको जमिन भासिएको बताइएको थियो।
त्यहाँ पनि समुद्रको सतह बढ्दा सामान्य झरी पर्दा पनि शहरका विभिन्न हिस्सा डुबानमा पर्ने गरेका छन्।
निकट भविष्यमै जाकार्ता पनि पुरै डुब्ने बताइएको छ। जसका कारण इन्डोनेसियाले जकार्तापछि बोर्नियोलाई राजधानी मान्ने घोषणा गरिसकेको छ। सीएनएन
Every year!!!! Same same in Lagos!!
— Kate Henshaw (@HenshawKate) July 16, 2021
Nothing is ever done about flooding but to tell citizens to move.....
Pls keep your saloon cars at home o.
Even SUVs dey swim 🏊♂️ pic.twitter.com/bN31UuLOzK
जकार्ता कसरी डुब्दैछ?
Shares

प्रतिक्रिया