समाज


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै पदाधिकारी हटाइने

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै पदाधिकारी हटाइने

नेपालखबर
साउन २०, २०७८ बुधबार ११:३२, काठमाडौँ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारैजना पदाधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया बुधबारबाटै थालिने भएको छ। 

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान शुद्धीकरण अभियानबीच बुधबार उक्त सहमति भएको हो। 

प्रतिष्ठान शुद्धीकरण अभियानका अभियन्ताले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरुप्रसाद खनाल, रजिस्ट्रार मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक गौरीशंकर साहले अनियमितता गरेको आरोप लगाउँदै उनीहरुलाई पदबाट हटाई छानविन गर्नुपर्ने माग राखेको थियो। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेललगायत तीन सदस्यीय टोली र संघर्ष समिति संयोजक डा. एसपी रिमालले ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्। 

सहमतिसँगै संघर्ष समितिले अस्पतालमा रोकेका सेवाहरु सुरु गर्ने भएको छ। संघर्ष समितिमा आवद्ध चिकित्सकसहितका स्वास्थ्यकर्मीले आकष्मिकबाहेकका सबै सेवा बहिष्कार गरेर आन्दोलित भएका थिए।

बीपी प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरु अनियमिततामा मुछिएका थिए। यसअघिका पदाधिकारीहरूलाई पनि भ्रष्टाचार मुद्दा लागेको थियो भने बहालवाला पदाधिकारी पनि अनेक अनियमितताका काण्डमा मुछिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad