समाज


नक्कली सुन बेच्न हिँडेका कालीगढसहित ७ जना पक्राउ

नक्कली सुन बेच्न हिँडेका कालीगढसहित ७ जना पक्राउ

वाशुदेव मिश्र
साउन १४, २०७८ बिहिबार २१:५६,

कास्की प्रहरीले नक्कली सुन बेच्न हिँडेका एक सुनका कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमध्ये एकजना पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, पोखरा २ मिरुवाका ४२ वर्षीय गणेशबहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, सर्लाहीको बागमती नगरपालिका १ का ईन्द्रबहादुर बलमपाकी, चितवन टाँडी २ का भुवन विक र चितवन राप्ती ९ का प्रकाश परियार रहेका छन्। 

उनीहरुबाट प्रहरीले सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु बरामद गरेको छ।

नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले विमलाको पोखरा २ मिरुवामा रहेको कोठाबाट सो धातु बरामद गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .