धरान विराटनगर सडक खण्डमा मोटरसाइकललाई ठक्कर दिएर भागेका ट्रक चालकलाई प्रहरीले ट्रकसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२० देवीगाउँ वस्ने वर्ष २८ को रामशरण राई रहेका छन्।
यही साउन ४ गते राईले चलाई आएको को १ क १३३३ नम्बरको ट्रकले को ४ प २३१६ नं.को मोटरसाइकललाई ठक्कर दिँदा विराटनगर महानगरपालिका–५ बस्ने वर्ष ६७ को सुदर्शन शर्मा न्यौपानेको मृत्यू भएको थियो।
घटनालगत्तै फरार रहेका चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
126
Shares
प्रतिक्रिया