अफगानिस्तानको राष्ट्रपति भवनमा मंगलबार बिहानै केही रकेट बम आक्रमण भएका छन्।
मुस्लिमहरुको पर्व इद अल–अधाको अवसरमा राष्ट्रपति भवनमा सयौं मानिसहरु प्रार्थना गरिरहेका थिए।
अल्जाजिराका अनुसार रकेटहरु राष्ट्रपति भवन बाहिर विस्फोट भएका थिए। बम पड्किरहँदा पनि त्यहाँ रहेका सयौं मानिसहरु नडराएको र मौन भएर प्रार्थना गरेको बताइएको छ।
भिडिओमा देखिएअनुसार बम पड्किरहँदा सयौं व्यक्तिमा केही मात्र हडबडाएको देख्न सकिन्छ। अन्य भने ‘अल्ला हु अकबर’ भन्दै प्रार्थना गरिरहन्छन्।
(भिडिओ)
— TOLOnews (@TOLOnews) July 20, 2021Video by national TV shows the moment rockets landed near the Presidential Palace during Eid prayers this morning. pic.twitter.com/WmEniyfLfM
सो प्रार्थनामा राष्ट्रपति असरफ गनी पनि उपस्थित थिए। अफगानिस्तानको विदेश मन्त्रालयले यो घटनासँगै राष्ट्रपति भवन बाहिर ३ रकेट प्रहार भएको बताएको छ।
यो रकेट कसले आक्रमण गरेको भनेर अनुसन्धान भइरहेको छ। यद्यपी पछिल्लो समय अमेरिकासहित नेटोमा आवद्ध सेनाहरुले अफगानिस्तान छाडेपछि त्यहाँ तालिबानले आक्रमणलाई तिव्रता दिइरहेको छ।
यो पनिः अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै
- अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदै, नेटोका शीर्ष कमान्डरले जिम्मेवारी सुम्पिए
- आत्मसमर्पण गरेका २२ अफगान कमान्डोमाथि तालिबानले गोली हानेको भिडिओ सार्वजनिक
- बेइजिङले चिन्ता व्यक्त गरेपछि तालिबानले भन्योः हामी चीनलाई सहयोगीको रुपमा लिन्छौं
Shares

प्रतिक्रिया