समाज


माछा मार्न गएका किशोर भरत तालमा डुबेर बेपत्ता

माछा मार्न गएका किशोर भरत तालमा डुबेर बेपत्ता

नेपालखबर
साउन ३, २०७८ आइतबार ११:२४,

सर्लाहीको बागमती नगरपालिका–१२ मा अवस्थित भरत तालमा डुबेर एक किशोर बेपत्ता भएका छन्। शनिबार दिउँसोदेखि बेपत्ता किशोर आजसम्म पनि फेला नपरेका प्रहरीले जनाएको छ।

दुई साथीसँगै तालमा माछा मार्न गएका बागमती  का १८ वर्षीय सुशान्त थापा तालमा डुबेर बेपत्ता भएका हुन्। शनिबार बिहानैदेखि उनको खोजी सुरु गरिए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

बागमती नगरपालिकाले १२१ बिघा क्षेत्रफलमा निर्माण गरेको तालको गहिराइ ३० फिट छ। अहिले तालको सौन्दर्यकरणको काम भइरहेको छ। निकै ठूलो र आकर्षक देखिने तालमा अहिले घुमफिरसँगै माछा मार्न जानेहरु पनि बढेका छन्। 

बेपत्ता किशोरको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर खोजि गरिरहेका प्रहरीले जनाएको छ। तालमा संचालित बोट र नेपाली सेनाको अर्को एउटा बेग्लै बोटको सहायताले तथा पौडी खेलेर खोज्दा पनि युवकको अवस्था थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .