समाज


बेलायतमा कोरोनाको प्रतिबन्ध खुकुलो हुनासाथ नोरो भाइरसको खतरा, १५४ संक्रमित भेटिए

बेलायतमा कोरोनाको प्रतिबन्ध खुकुलो हुनासाथ नोरो भाइरसको खतरा, १५४ संक्रमित भेटिए

(फाइल तस्बिर)


नेपालखबर
साउन २, २०७८ शनिबार १८:५७,

बेलायतमा कोरोना भाइरस नियन्त्रण गर्न लागू भएका सबै प्रतिबन्धान्त्मक नियमहरु आगामी सोमबारबाट हटाइदैछन्।

त्यहाँ मास्क लगाउनुपर्ने तथा व्यक्ति–व्यक्तिबीच कायम गरिनुपर्ने दुरीको नियम आवश्यक नभएको पनि बताइएको छ।

कोरोनाको प्रतिबन्ध खुुकुलो भइरहँदा यसबीचमा बेलायतमा नोरो भाइरसको खतरा बढेको बीबीसीले जनाएको छ।

पब्लिक हेल्थ इंगल्यान्डका अनुसार पछिल्लो पाँच हप्ताको अवधिमा बेलायतमा नोरो भाइरसका १५४ नयाँ संक्रमित भेटिएका छन्। यो भाइरसले अचानक पेट दुख्ने, वान्ता आउने, बिरामी हुने समस्या निम्त्याउँछ।

खबरका अनुसार नोरो भाइरसका संक्रमण अधिकाँश साना विद्यार्थीहरुमा देखिएको छ। पछिल्लो पाँच वर्षमा बेलायतमा औसतमा वर्षेनी मात्र ५३ संक्रमितको दरमा यसका संक्रमित देखिएका थिए।

यतिबेला भने यो भाइरसका संक्रमित धेरै देखिएका छन्। नोरो भाइरसको खतरा बढेको भन्दै बेलायती डाक्टरहरुले यसबाट बच्ने उपाय सिकाएका छन्।

विज्ञका अनुसार नोरो भाइरसबाट जोगिन दोहोर्याउँदै साबुन पानीले हात धुनुपर्छ। सरसफाइमा ध्यान दिएमा यसबाट बच्न सकिने बताइएको छ।

यो भाइरस अल्कोहलले नमर्ने जनाइएको छ। ६० डिग्री सेल्सियसको तापक्रमको पानीमा कपडा धोइए पनि नोरो भाइरसबाट बच्न सकिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad