हङकङमा अवैध जुवाखालबाट ३ नेपाली नागरिकसहित पाँच गिरफ्तार

हङकङमा अवैध जुवाखालबाट ३ नेपाली नागरिकसहित पाँच गिरफ्तार

जुवाखालबाट पक्राउ परेका नेपालीहरु


नेपालखबर
काठमाडौँ, साउन २

हङकङमा अवैध जुवाखालबाट ३ नेपाली नागरिकसहित पाँच जना गिरफ्तार भएका छन्।

याउ मा तेइको १९९ टेम्पल स्ट्रिटबाट जुवा खेलिरहेका क्रममा उनीहरु पक्राउ परेको डिमसम डेलीले जनाएको छ।

अवैध रुपमा जुवा खेलिरहेको सूचनाका आधारमा विशेष प्रहरी टोली छापा मार्न खटाइएको थियो। शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार २७ वर्षका नेपालीले जुवा खेल्ने व्यवस्था मिलाएका थिए। अन्य पक्राउ पर्ने नेपाली दुई पुरुष भएको र अन्य दुई महिला भएको बताइएको छ।

साउन २, २०७८, शनिबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor
Binu Subedi

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .