उच्च अदालत इलामको विराटनगर इजलासकी महिला कर्मचारीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठका अनुसार धनकुटा होलिखर्क ५ घर भई उच्च अदालत विराटनगर इलाम इजलासमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ वर्षीय युवराज बानियाँ पक्राउ परेका हुन्।
अदालतको मुख्य कार्यालय भवनको पूर्वपट्टि र मुख्य न्यायाधीइश निवासको पश्चिमपट्टि नालामा निजामति कर्मचारीको पोसाक लगाएको, घाँटीमा उच्च अदालत विराटनगर इलाम इजलास लेखिएको परिचय पत्र भिरेको अवस्थामा शव फेला परेको थियो।
घटनास्थल, लाश प्रकृति, मृतकको मोबाइल नम्बर, डग स्निफिङ लगायतको विश्लेषणको आधारमा बानियाँले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया