समाज


१ हजार ८७५ जना संक्रमित थपिए, १ हजार २८६ निको भए

१ हजार ८७५ जना संक्रमित थपिए, १ हजार २८६ निको भए

नेपालखबर
असार २४, २०७८ बिहिबार १७:३१,

गएको २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१० हजार ५०४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्।

यो अवधिमा १ हजार २८६ जना निको भएका छन्। 

आज कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३२० पुगेको छ। 

नेपालमा हालसम्म ३६ लाख १९ हजार ३०४ जनामा परीक्षण भएकोमा ६ लाख ९२ हजार ८४९ जनामा संक्रमण पुष्टि भइसकेको छ। 

त्यसमध्ये ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भइसकेको तथ्यांक छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad