ad ad

समाज


तनहुँमा पहिरो : एकजना बेपत्ता, जतातजै सडक अवरुद्ध

तनहुँमा पहिरो : एकजना बेपत्ता, जतातजै सडक अवरुद्ध

नेपालखबर
असार २४, २०७८ बिहिबार ९:५२,

तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्। 

ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएर बेपत्ता भएका गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा जाँदै गर्दा माथिबाट खसेको पहिरोले उनलाई पुरेको हो। बेपत्ता थापाको स्थानीयवासीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्। 

यसैबीच पहिरोले तनहुँमा डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ।  बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण यो सडकखण्ड अवरुद्ध भएको हो। 

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको जानकारी दिए। गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो। डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर जाने सडक शनिबारदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइएको थियो।

पृथ्वीराजमार्गको डुम्रेदेखि सात किमीको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरा झरेर अवरुद्ध भएको छ । पहिरोले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .