समाज


जलचरको अध्ययन गर्न कोष स्थापना

जलचरको अध्ययन गर्न कोष स्थापना

नेपालखबर
असार २०, २०७८ आइतबार १४:१६,

नेपाल फिसरिज सोसाइटीले माछा र जलचरहरुको बारेमा अध्ययनमा सहयोग गर्न जलीय जैविक स्रोत अनुसन्धान कोष स्थापना गरेको भएको छ। 

साधारण सभाले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र त्यसबट आएको ब्याजले मत्स्य तथा जलचरको विषयमा अध्ययन गर्नेलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने निर्णय गरेको सोसाइटीका महासचिव प्रवेशसिंह कुँवरले बताए। 

'१० लाख रुपैयाको अक्षय कोष स्थापना गरिने छ। त्यसको ब्याजबाट प्राप्त रकमले पुरस्कृत गर्ने छौं', कुँवरले भने, 'कोषमा सोसाइटीका सदस्यहरुबाट रकम संकलन गर्न पनि शुरु गरिसकेका छौ' उनले भने। 

'समाजले अनुसन्धानका लागि प्रोत्साहन रकम प्रदान गरिने क्षेत्र पहिचान गरि सूचना मार्फत प्रस्ताव माग गर्नेछ र छनौट समितीले उत्कृष्ट प्रस्तावको छनौट गरि पुरस्कार रकम प्रदान गर्न सिफारिस गर्ने छ' सोसाइटीले भनेको छ। सोसाइटी २०५२ सालमा स्थपना भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad