ad ad

कारोबार


ग्लोकल टिन हिरो मन्दिराः युवावर्गका लागि प्रेरणाको स्रोत

ग्लोकल टिन हिरो मन्दिराः युवावर्गका लागि प्रेरणाको स्रोत

नेपालखबर
असार २०, २०७८ आइतबार १४:६,

मन्दिरा श्रेष्ठ एक युवा स्वास्थ्य कार्यकर्ता एवं अभियन्ता हुन्। 

भर्खर १९ वर्ष पुगेकी उनी वाइवाइ ग्लोकल टिन हिरो २०२० की राष्ट्रिय पुरस्कार प्राप्तकर्ता हुन्। 

उनले ‘यूपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०’ को टिम लिडरको रूपमा काम गरेकी छिन्। 

उनी एकीकृत राष्ट्रिय किशोरकिशोरी फोरमको सदस्यको रूपमा पनि सक्रियरुपमा सहभागी भइरहेकी छिन्। 

राष्ट्रिय किशोरकिशोरी फोरमले उचित अवसरबाट वञ्चित छोरीहरूको अवस्था सुधार गर्न काम गर्दै आएको छ। 

त्यस्तै शिक्षामा महिलाको पहुँचका लागि काम गर्दै उनी ‘ट्री पद्मा चाइल्ड क्लब’मा सामाजिक स्वयंसेवकको रुपमा काम गरिरहेकी छिन्। 

स्वास्थ्य क्षेत्रमा कामको अनुभव बटुल्दै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन्।

सानैदेखि सामाजिक सक्रियता
उनी सानै उमेरदेखि सामाजिक कार्यहरुमा सक्रिय रुपमा लागिरहेकी छिन्। 

बाल्यकालमै मन्दिरा परोपकारी भावनाकी थिइन्। अरूलाई सहयोग गर्ने र सेवा गर्ने कुरामा अग्रसर हुन्थिन्। 

जब छैठौं कक्षामा पढ्न थालिन्, आफ्नो स्कुलको एक बाल क्लबमा भर्ना भइन्। उनी एक जिज्ञासु र सक्रिय विद्यार्थी थिइन्।

प्राथमिक विद्यालयमा हुँदादेखि नै नयाँ चिजहरूबारे जान्ने उनको रुचि थियो। 

१० वर्षको कलिलो उमेरमा पहिलो पटक बालअधिकारको क्षेत्रमा उनको संलग्नता प्रगाढ रुपमा अगाडि बढ्यो।  

त्यस बेलादेखि नै उनको स्वास्थ्य सक्रियताको यात्रा सुरु भयो।

स्वास्थ्य क्षेत्र सँगसँगै आफ्नो शैक्षिक ज्ञान साझा गर्न, नर्सिङ कोर्सको पहुँच एवम विकास गर्न नेपाल अनलाइन स्कूलसँग काम गरिरहेकी छिन्। 

यसैगरी उनले सम्बन्धित संगठनको सहयोगमा राष्ट्रिय बालप्रतिनिधि र राष्ट्रिय किशोर प्रतिनिधिको रूपमा सबैको समान अधिकारको लक्ष्यका लागि वकालत गरिरहेकी छिन्। 

यसबाहेक उनी त्रि–पद्मा बाल क्लबको सहयोगी, एक समुदाय स्वयंसेवक, र एक एसआरएचआर ट्रेनर पनि हुन्। कोभिड महामारीको क्रममा विभिन्न मिडियामार्फत कोभिड १९ का बारेमा जागरुकता बढाउँदै बच्चाहरू र किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यमा लागि काम गरिरहेकी छिन्। 

उनले यसअघि वुमन फर वुमन फाउन्डेसन (डब्लुएफडब्लुएफए), नेदरल्यान्ड्स’ ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा ट्रस्ट (आरएचईएसटी)का सह–प्रशिक्षकको रुपमा पनि कार्य गरेकी थिइन्।
उनी नेपालका सम्पूर्ण किशोरकिशोरी तथा युवा वर्गहरुको लागि एक प्रेरणाको स्रोत बनेकी छिन्। 

सानै उमेरमा पनि आफ्नो परिवार, समाज तथा राष्ट्रप्रती योगदान दिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल मन्दिरा एक सकारात्मक सोचको प्रतिमूर्ति हुन्। 

हालसालै, मन्दिरा र क्यूआरसीका टोलीले सिन्धुपाल्चोक जिल्लाको तालामराङ, मेलम्ची, र हेलाम्बु क्षेत्रमा बाढी पीडितहरूको उद्धार अभियान सुरु गरेका छन्। 

स्वास्थ्य शिविरहरूको माध्यमबाट उनी पीडित र असुरक्षितलाई सिन्धुपाल्चोक प्रकोप साइटमा सहयोग गर्दै छिन्।

उनी यौन स्वास्थ्य र प्रजनन, लैङ्गिक समानता र यौन अल्पसंख्यकहरूको पक्षमा वकालत गर्न जारी राख्न चाहन्छिन्। 

आफ्नो ज्ञान र क्षमताको लाभ उठाउने आशा राख्छिन् र विश्वलाई राम्रो स्थान बनाउनको लागि आफूले योगदान दिन पटि नहट्ने बताउँछिन्। 

उनले आफ्नो शिक्षा पूरा गरेपछि स्वास्थ्य क्षेत्रमा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लागि काम गर्ने योजना बनाएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .